arrow

हँडियाका २४ किसानलाई उन्नत जातको गाई

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १८ आइतबार
chaudandigadhi-nagarpalika.jpg

उदयपुर । चौदण्डीगढी नगरपालिका-१० हँडियाका २४ किसान परिवारलाई होलिस्टाइन जानका २४ वटा गाई वितरण गरेको छ । 

किसानलाई पशुपालनमा प्रोत्साहन गराउन र आत्मनिर्भर बनाउन उन्नत जातका गाई खरिद गरी वितरण गरिएको सो नगरपालिकाले जनाएको छ । 

नगरपालिकाको ग्रामीण उद्यम विप्रेषण आयोजना, समृद्धिका लागि आर्थिक तथा प्राविधिक सहयोग कार्यक्रमअन्तर्गत उन्नत जातका गाई वितरण गरिएको नगरप्रमुख कालुमान लामाले बताए । 

ती गाई रु १७ लाख ८० हजारमा खरिद गरी वितरण गरिएको नगरपालिकाका उपप्रमुख मणिकादेवी दुलालले जानकारी दिए । 

चौतारी सवल कृषक समूहका अध्यक्ष विष्णु निरौलाले यी गाईले गाईले एकपटकमा १० लिटरसम्म दूध दिने बताए । 

किसान देवप्रसाद ढुङ्गानाले आफूहरुलाई आर्थिक रुपमा सवल बनाउनका लागि उन्नत जातका गाई उपयोगी हुने बताए । 

नगरपालिकाले यसअघि पनि दुई सयभन्दा बढी उन्तत जातका बयर बोका र भैँसी किसानलाई वितरण गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ