arrow

बाह्र केजी गाँजासहित दुई महिला पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १२ आइतबार
nepal-police12.jpg

गाईघाट (उदयपुर)। उदयपुरगढी गाउँपालिका–७ स्थित कमान क्षेत्रबाट अवैध १२ केजी गाँजासहित दुई महिला पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा सिरहा लहान नगरपालिका–१७ की ४० वर्षीया अस्मिता राम र ४५ वर्षीया लीलादेवी राम छन्।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी केदारमान दोङले दिएको जानकारीअनुसार, प्रहरी चौकी नेपालटारको गस्ती टोलीले शनिबार नेपालटारस्थित कमान क्षेत्रमा गस्ती गर्ने क्रममा उनीहरूलाई गाँजासहित नियन्त्रणमा लिएको हो।

ती महिलाहरूले उदयपुरगढीको पहाडी क्षेत्रबाट गाँजा खरिद गरी सिरहा लहान हुँदै भारततर्फ पैठारी गर्ने लक्ष्य राखेको खुलेको छ। पक्राउ परेका दुई महिलालाई शनिबार राति नै जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखेर अनुसन्धान सुरु गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ