arrow

श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार ३२ बिहिबार
nepal-police12.jpg
तस्बिर फाइल

काठमाडौँ । कञ्चनपुरमा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ। जीवनभर सुख-दुःखमा सँगै रहने कसम खाएका श्रीमानले नै निर्घात कुटपिट गरी आफ्नै श्रीमतीको ज्यान लिएका हुन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख टेकबहादुर रावतका अनुसार ४२ वर्षीया पारु सुनारको आफ्नै ४५ वर्षीय श्रीमान् रणबहादुर सुनारको कुटाइबाट बिहीबार मृत्यु भएको हो।

पारिवारिक विवादका क्रममा श्रीमानको कुटपिटबाट गम्भीर घाइते भएकी पारु र कुटपिटमा संलग्न रणबहादुर दुवै जना बुधबार उपचारका लागि दोधाराचाँदनीस्थित नगर अस्पताल पुगेका थिए।

 अस्पतालमा उपचारकै क्रममा बिहीबार पारुको ज्यान गएको हो। प्रहरीले कुटपिटमा संलग्न श्रीमान् रणबहादुरलाई नियन्त्रणमा लिएर घटनाको विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ