arrow

सामुदायिक वनमा लुकाएर राखेको अवस्थामा पाँच थान भरुवा बन्दुक बरामद 

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार २७ शनिबार
bharuwa-banduk-lamjung.jpg

लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिका वडा नं ६ र ९ को बिच काँडेपानी सामुदायिक वनमा लुकाएर राखेको अवस्थामा पाँच थान भरुवा बन्दुक बरामद भएको छ । 

विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय भोर्लेटारको टोलीले शुक्रवार दिउँसो  सो हतियार बरामद गरेको प्रहरीले जनाएको छ । 

सुराकीले उक्त हतियार कसले लुकाएको थियो भनेर खोलेको जानकारी प्रहरीले दिएको छैन । 

साथै यी हतियार कहिले राखिएका थिए भन्नेसमेत यकिन छैन । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ