arrow

एक सय ७५ किलो गाँजासहित एक किशोर प्रहरी नियन्त्रणमा

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार २२ सोमबार
nepal-police12.jpg

काठमाडौँ । धनकुटाको महालक्ष्मी नगरपालिका–६ माङमायाबाट प्रहरीले करिब १७५ किलो अवैध लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। महालक्ष्मी नगरपालिका–४ बस्ने १७ वर्षीय एक किशोरलाई शनिबार राति प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरी चौकी लेगुवाबाट खटिएको विशेष चेकिङ टोलीले चानुवाबाट लेगुवातर्फ आउँदै गरेको को.२ त ४८९८ नम्बरको ट्याक्टरलाई शङ्का लागेर जाँच गरेको थियो। त्यस क्रममा ट्याक्टरभित्र २२ वटा बोरामा लुकाई–छिपाई राखेको अवस्थामा कुल १७५ किलो ५७० ग्राम गाँजा फेला परेको प्रहरीले जनाएको छ।

गाँजा बरामद गरेसँगै ट्याक्टरमा सवार ती किशोरलाई पक्राउ गरी हिरासतमा राखिएको छ। पक्राउ परेका किशोर र बरामद लागूऔषधबारे स्थानीय प्रहरीले थप आवश्यक अनुसन्धान अघि बढाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ