-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिका वडा नं ६ र ९ को बिच काँडेपानी सामुदायिक वनमा लुकाएर राखेको अवस्थामा पाँच थान भरुवा बन्दुक बरामद भएको छ ।
विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय भोर्लेटारको टोलीले शुक्रवार दिउँसो सो हतियार बरामद गरेको प्रहरीले जनाएको छ ।
सुराकीले उक्त हतियार कसले लुकाएको थियो भनेर खोलेको जानकारी प्रहरीले दिएको छैन ।
साथै यी हतियार कहिले राखिएका थिए भन्नेसमेत यकिन छैन । रासस