arrow

श्रीमती हत्या अभियोगमा अमर पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ३ आइतबार
pakrau9.jpg

काठमाडौँ। हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । 

आफ्नै श्रीमती ४३ वर्षीया फुलमाया मुदेलको हत्या गरेको अभियोगमा मादी नगरपालिका-४ डाँडागाउँ बस्ने चैनपुर नगरपालिका-७ घर भएका ५६ वर्षीय अमरबहादुर सार्कीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो । 

घरायसी विवादको क्रममा अमरबहादुरले धारिलो हतियार खुकुरी प्रहार गरी फूलमायाको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय चैनपुर र प्रहरी चौकी मङ्गलबारे मादीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ