arrow

उदयपुरमा चैतेधान रोपाइँ तीव्र

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १८ बुधबार
dnan-paddy-82-6-16.jpg

काठमाडौँ । उदयपुरका विभिन्न भागमा यस वर्ष एक हजार १०० हेक्टर क्षेत्रफलमा चैतेधान रोपाइँ सम्पन्न भएको छ। 

जिल्ला कृषि ज्ञान केन्द्रका अनुसार अनुकूल मौसम र सिँचाइको उपलब्धताका कारण कृषकहरू धान रोप्न व्यस्त छन्।

जिल्लामा हरेक वर्ष औषत एक हजार ५०० हेक्टरमा चैतेधान रोपिने गरेको ज्ञान केन्द्रकी सूचना अधिकारी सङ्गीता ज्ञावलीले जानकारी दिइन्। 

हालसम्म ७० प्रतिशतभन्दा बढी क्षेत्रमा रोपाइँ सकिएको र बाँकी ४०० हेक्टरमा पनि यसै महिनाभित्र काम पूरा हुने उनले बताइन्। 

"खेतमा धमाधम रोपाइँ भइरहेकाले यसै महिनाभित्र लक्ष्य अनुसारको क्षेत्रफलमा रोपाइँ सकिने देखिएको छ," सूचना अधिकारी ज्ञावलीले भनिन्।

जिल्लाका आठ पालिकामध्ये सबैभन्दा धेरै चैतेधान उदयपुरगढी र रौतामाई गाउँपालिकामा लगाइएको छ। 

यसका साथै ताप्ली गाउँपालिका सहित कटारी, त्रियुगा र चौदण्डीगढी नगरपालिकाका विभिन्न क्षेत्रमा पनि चैतेधान खेती गर्ने गरिएको छ। 

वर्षे धानको तुलनामा उत्पादन राम्रो हुने र दुई बाली लिन सकिने भएकाले पछिल्लो समय कृषकहरू चैतेधानतर्फ आकर्षित हुँदै गएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ