arrow

चिसोले वृद्धवृद्धा र बालबालिका प्रभावित

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १३ आइतबार
cold-weather-mohattari.jpg
फाइल तस्बिर

उदयपुर। शीतलहरसँगै अत्यधिक चिसोबाट उदयपुरको त्रियुगा नगरपालिकासहित आपपासका वृद्धवृद्धा र बालबालिका प्रभावित भएका छन् ।

त्रियुगाको जोगीदह, मोथ्याई, बगाहा, गाईघाट, लक्ष्मीपुर क्षेत्रका वृद्धवृद्धा बालबालिका समस्यामा परेका लक्ष्मीपुरका स्थानीयवासी देवलाल चौधरीले बताए ।

जोगीदह हाडखोलाका कृष्णदेव चौधरी भन्छन्, “तीन दिनदेखि लगातार शीतलहर चलिरहेको छ, गाउँघरका बूढापाका सबै घर बाहिर निस्कन सकेका छैनन्, घरमै घुर तापेर बस्नु परेको छ ।”

उनका अनुसार चिसो बढेका कारण आफूहरू पनि खेतबारी, वनजङ्गल घाँसदाउरा गर्नसमेत नसकिएको कारण गाईवस्तुलाई घाँस समस्या परेको छ ।

चिसोको कारण विद्यालय जाने साना नानीहरू विद्यालय जान नसकेका मोथ्याईका रामकृष्ण राजधामीले बताए ।

सत्यदेवी मावि भुल्केका शिक्षिका सम्झना आचार्यका अनुसार चिसो बढेसँगै विद्यालयमा कक्षा ५ भन्दामुनिका नानीहरूको उपस्थिति न्यून हुँदै गएको छ ।

यस्तै चिसोको कारण साना कक्षा १ २, ३ मा अध्ययनरत बालबालिका विद्यालय उपस्थित हुन छाडेका कारण साना कक्षामा विद्यार्थी उपस्थिति हुन छाडेको जनता आधारभूत विद्यालय असारीका शिक्षक कृष्ण दनुवारले बताए ।

चिसोको कारण मानिसको आवत जावतमा कमी भएको छभने जङ्गल घाँस दाउरा जाने कार्य पनि प्रभावित भएको छ ।

घामसमेत देख्न नपाइएको त्रियुगा नगरपालिका-२ खैजनपुरका स्थानीय रमेश कार्कीले गुनासो गरे । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ