arrow

सुनकोशीमा डुबेर सात वर्षीया बालिका बेपत्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ३ सोमबार
dubera-khola-death.jpg

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका-१४ स्थित ढुङ्ग्रेकी सात वर्षीया बालिका सुनकोशी नदीमा नुहाउने क्रममा बेपत्ता भएकी छन् ।

जिल्ला प्रहरी कार्यालयकाअनुसार स्थानीय अर्जुन तामाङको सात वर्षीया छोरी अनुसा तामाङ डुबेर बेपत्ता भएकी हुन्। 

त्रिनपा-१४ का वडाध्यक्ष हेमराज मगरका अनुसार साथीहरूसँग सुनकोशीमा नुहाउन गएकी अनुशा पौडी खेल्न नदीमा पस्दा बेपत्ता भएकी हुन् ।

घटनालगत्तै प्रहरीलाई खबर गरेकामा प्रहरीले खोजी जारी राखेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक केदारमान दोङले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ