arrow

नेपालगञ्जमा १०८ फिट अग्लो हनुमान् मूर्ति र चक्रपथ निर्माणले प्राथमिकता पाउने

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार २८ आइतबार
nepaljung-road-.jpg

काठमाडौँ । नेपालगञ्ज उपमहानगरपालिकाको १९औँ नगरसभाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत १ अर्ब ७६ करोड रुपैयाँको बजेट सर्वसम्मत रूपमा पारित गरेको छ। नगरप्रमुख प्रशान्त विष्टको अध्यक्षतामा शनिबार सम्पन्न सभाले बजेटसँगै नगरको पूर्वाधार र पहिचान बदल्ने विभिन्न महत्त्वपूर्ण विकास प्रस्तावहरू समेत अनुमोदन गरेको छ।

बजेटले धार्मिक तथा पर्यटकीय पूर्वाधार विकासलाई विशेष प्राथमिकतामा राखेको छ। जसअन्तर्गत ऐतिहासिक वागीश्वरी मन्दिर क्षेत्रको सौन्दर्यीकरण, खडेश्वर जुँगे महादेव मन्दिरको विकास र १०८ फिट अग्लो हनुमान् मूर्ति स्थापना गर्ने योजना स्वीकृत गरिएको छ। यसका साथै नगरको व्यापारिक प्रवर्द्धनका लागि नयाँ व्यापारिक भवन निर्माण, नेपाल–भारत सीमावर्ती जमुनाहा नाकामा भव्य प्रवेशद्वार (गेट) निर्माण तथा नयाँ नगर बसपार्क निर्माणसम्बन्धी प्रस्तावहरू पारित भएका छन्।

नगरसभाले नेपालगञ्ज चक्रपथ (रिङरोड) को विस्तृत परियोजना प्रतिवेदन (DPR) लाई शीघ्र सम्पन्न गरी तत्काल कार्यान्वयन प्रक्रिया अघि बढाउने निर्णय समेत गरेको छ। उपमहानगरपालिकाले आगामी वर्ष नगरको दिगो विकास, आन्तरिक राजस्व आयमा वृद्धि, सार्वजनिक सेवा प्रवाहमा चुस्तता, ऐतिहासिक ताल तथा उद्यानहरूको संरक्षण एवं सहरी हरियाली प्रवर्द्धनलाई मुख्य आधार बनाएको छ। साथै, सञ्चालन हुने सम्पूर्ण परियोजनाहरूको प्रभावकारी अनुगमन र गुणस्तर नियन्त्रणलाई बजेटले विशेष जोड दिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ