त्रियुगा नदीको बाढीले उदयपुरको बेल्टार–फत्तेपुर क्षेत्रमा यातायात अवरुद्ध
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १६ आइतबार
727
Shares
गाईघाट (उदयपुर)। निरन्तर वर्षाका कारण त्रियुगा नदीमा आएको बाढीले उदयपुरको चौदण्डीगढी नगरपालिका क्षेत्रका बेल्टार, फत्तेपुर, हँडिया र सुन्दरपुरमा यातायात सेवा अवरुद्ध भएको छ। बाढीले नगरपालिका क्षेत्रका ती सडकहरूमा क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक केदारमान दोङका अनुसार, बाढीले चौदण्डीगढी नगरपालिकाको वडा नं ९ (ज्यामिरे) देखि वडा नं १० (हँडिया) र वडा नं ५ (सुन्दरपुर) जोड्ने सडक भत्काएको छ। यसै क्रममा खोलामा अस्थायी पुलका रूपमा राखिएका ह्युमपाइपहरू समेत बगाएको छ। बाढीले चौदण्डीको बेल्टार–फत्तेपुर सडकमा पनि क्षति पुर्याएको छ।
प्रहरी नायब उपरीक्षक दोङले निरन्तर वर्षा भइरहेका कारण अवरुद्ध सडकहरू मर्मत गरी तत्काल सञ्चालनमा ल्याउन समस्या भइरहेको बताएका छन्।