arrow

उदयपुरमा ७० भन्दा बढी हात्तीको बथान गाउँ पस्यो

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १० बिहिबार
elephant-jhapa.jpg

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाका विभिन्न वडाहरूमा जङ्गली हात्तीको बथानले आतङ्क मच्चाएको छ। आइतबारदेखि बुधबार रातिसम्म ७० देखि ७५ को सङ्ख्यामा आएको हात्तीको समूहले त्रियुगा नगरपालिकाका विभिन्न क्षेत्रमा १२ भन्दा बढी घरमा क्षति पुर्‍याएको छ।

हात्तीको बथानले त्रियुगा–५ को बागचौरी, वडा नं. ६ को मोहनपुर र लालपता, तथा वडा नं. ७ को चुहाडेबेलौरी क्षेत्रमा व्यापक उपद्रो गरेको हो। सोमबार राति आएको बथानले बृहस्पति सदा, विष्णु भुजेल, मोहन कार्की र रुद्र पोखरेल लगायतको घर भत्काइदिएको छ। यस्तै मङ्गलबार राति मोहनपुरका बिन्दा कार्की र राज कार्कीको घरमा क्षति पुगेको छ भने वडा नं. १ को जोगीदह क्षेत्रमा पनि हात्तीले अन्नबाली नष्ट गर्दै घरहरू भत्काएको छ।

स्थानीय देवीलाल चौधरीका अनुसार हात्तीले घरमा भण्डारण गरी राखिएको अन्न खानुका साथै भौतिक संरचनामा गम्भीर क्षति पुर्‍याएको छ। हात्तीको डरले स्थानीय बासिन्दा रातभर आगो तापेर जाग्राम बस्न बाध्य छन्। कतिपय स्थानीयको घर पूर्ण रूपमा ध्वस्त भएको छ भने कतिपयको आंशिक क्षति भएको मोहनपुरका कृष्ण कार्कीले बताएका छन्।

हात्तीको आतङ्क बढेपछि जिल्ला प्रहरी कार्यालय उदयपुरले 'माइकिङ' गरी स्थानीयलाई उच्च सावधानी अपनाउन र सुरक्षित स्थानमा समूह बनाएर बस्न आग्रह गरेको छ। प्रहरी प्रमुख राजन चापागाईंका अनुसार प्रहरीले स्थानीयसँग समन्वय गरी रातिको समयमा गस्ती बढाउने र हात्तीलाई गाउँ प्रवेश गर्न नदिने योजना बनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ