भैँसी, बाख्रा त पाल्न छोडेँ, म सर्प पाल्दिन : झलनाथ [भिडियो]
झलनाथले सुनाए सर्पको कथा
हाम्रा कुरा
प्रकाशित २०८० असोज १० बुधबार
1.6k
Shares
काठमाडौं । एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफू सर्प पाल्ने नगरेको बताएका छन् । बुधबार राजधानीको एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनको नाममा सर्लाहीमा सर्प पालन केन्द्रको स्थापना भएको थियो । पछि सरकारले त्यसलाई ७३ करोड रुपैयाँ समेत दिएको थियो । उनले भने,' अहिले अख्तियारमा समेत पुगेछ । म सर्प पाल्दिन । भैँसी, बाख्रा पाल्न छोडेँ ।’