एसीसी यू–१६ इस्ट जोन कपः लगातार उपाधिमा ह्याट्रिक गर्न नेपाल मैदानमा
हाम्रा कुरा
प्रकाशित २०८० असार १९ मंगलबार
2k
Shares
काठमाडौँ । मलेसियामा जारी एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको उपाधिका लागि नेपाल मैदानमा उत्रिएको छ । फाइनलमा नेपालले घरेलु टोलीविरुद्ध खेलिरहेको छ ।
मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले ब्याटिङ गरेको हो ।
नेपाल मलेसियालाई हराउँदै लगातार तेस्रो पटक उपाधि जित्न चाहन्छ । सेमिफाइनल खेलमा नेपालले सिंगापुरलाई तथा मलेसियाले हङकङलाई हराउँदै फाइनलमा स्थान बनाएको हो ।
समूह चरणमा नेपालले मलेसियालाई ८४ रनले हराउँदै समूह विजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएको थियो ।