ठूलो संख्यामा बख्तरबन्द गाडी युक्रेनलाई दिने पोल्याण्डको तयारी
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १९ आइतबार
684
Shares
युक्रेन । युक्रेनले पोल्याण्डमा निर्माण भएका १०० वटा रोसोमाक बहुउद्देश्यीय बख्तरबन्द सवारी साधनअर्डर गरेको पोल्याण्डका प्रधानमन्त्रीले शनिबार बताएका छन् ।
“युक्रेनी प्रधानमन्त्री डेनिस श्मिहालले १०० रोसोमाकका लागि शुक्रबार दिएको आदेश अनुसार ती बख्तरबन्द सवारी साधन छिट्टै युक्रेन पठाउने तयारी गर्न मैले सम्बन्धित निकायलाई निर्देशन दिइसकेको छु,” माटेउस्ज मोराविकीले दक्षिणी पोलिश शहर सिमियानोविस स्लास्कीमा रोसोमाक उत्पादन स्थलको भ्रमणको क्रममा भने ।
पोल्याण्डले युरोपेली सङ्घबाट प्राप्त गरेको रकम र युक्रेनले प्राप्त गरेको अमेरिकी कोषमार्फत यो आदेशलाई आर्थिक सहयोग गरिने उनले बताए ।
रूसले सन् २०२२ को फेब्रुअरीमा पश्चिमा समर्थक पूर्व सोभियत छिमेकीमाथि आक्रमण गरेपछि संयुक्त राज्य अमेरिका र उसका सहयोगीहरूले युक्रेनलाई थुप्रै आर्थिक सहयोग र हतियार उपलब्ध गराएका छन् ।
रोसोमाक फिनल्याण्डको प्याट्रियाको लाइसेन्सअन्तर्गत निर्माण गरिएको बहुउद्देश्यीय बख्तरबन्द गाडी हो ।