युक्रेनमा करिब १८ हजार सर्वसाधारण मारिएको राष्ट्रसंघको दाबी
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १३ बुधबार
470
Shares
काठमाडौं । गत फेब्रुअरी २४ मा रुसले शुरु गरेको आक्रमणयता युक्रेनमा करिब १८ हजार सर्वसाधारण मारिएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।
मानव अधिकारका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तको कार्यालय (ओएचसीएचआर) ले २४ फेब्रुअरी २०२२ देखि २६ डिसेम्बर २०२२ को बीचमा युक्रेनमा कुल १७,८३१ (करिब १८ हजार) नागरिक मारिएकाको बताएको हो ।
यसले २,७१९ पुरुष, १ हजार ८ सय ३२ महिला, १७५ केटीहरू र २१६ केटाहरू, ३८ बालबालिका र लिंग नखुलेका एक हजार ९ सय ४ जना गरी ६ हजार ८ सय ८४ जना नागरिक मारिएको जनाएको छ ।
ओएचसीएचआरका अनुसार युद्धमा कुल १०,९४७ जना घाइते भएका छन्, जसमा अधिकांश डोनेट्स्क र लुहान्स्क क्षेत्रका छन् जहाँ ४ हजार ५२ सर्वसाधारण मारिएका छन् र ५, हजार ६४३ जना घाइते भएका छन्।
ओएचसीएचआरले वास्तविक तथ्याङ्कहरू यस भन्दा पनि धेरै भएको भन्दै चेतावनी दिएको छ । अझै धेरै ठाउँबाट सुचना पाउन बाँकी रहेको र रिपोर्टहरु पुष्टि गर्न बाँकी रहेको यसले जनाएको छ ।