रुस भन्छ - ६० डलरको मूल्य सीमा मान्दैनौं, पश्चिमाको अधिनमा तेल बेच्दैनौं
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १९ सोमबार
800
Shares
काठमाडौं । युरोपेली संघ, जी७ र अष्ट्रेलियाले सहमति गरेको रूसी समुद्री तेलको मूल्य सीमा आज अर्थात् डिसेम्बर ५ देखि लागू भएको छ।
सोमबारदेखि लागू भएको प्रति ब्यारेल ६० डलरको क्यापको उद्देश्य युक्रेनी युद्धलाई रुसले वित्त पोषण गर्न नसकोस र विश्व बजारमा आपूर्ति सुनिश्चित रहोस् भन्ने हो
तर, मास्कोले भने उत्पादन कटौती गर्नु परे पनि यो उपायको पालना नगर्ने बताएको छ।
रुसी समुद्री कच्चा तेलको यो मूल्य सिमिततामा संयुक्त राज्य अमेरिका, क्यानडा, जापान, युनाइटेड किंगडम र ईयुसबै सहमत रहेका छन् ।
यसको मतलब रुसी तेल प्रति ब्यारेल ६० डलर बराबर वा सोभन्दा कम मूल्यमा बेचेको तेललाई जी७ र ईयुका ट्याङ्करहरू, बीमा कम्पनीहरू र क्रेडिट संस्थाहरू प्रयोग गरेर तेस्रो मुलुक पठाउन सकिनेछ ।
किनभने विश्वका प्रमुख ढुवानी र बीमा फर्महरू जी७ देशहरूमा आधारित छन्, त्यसैले यो मूल्य सिमितताले मास्कोलाई उच्च मूल्यमा आफ्नो तेल बेच्न कठिन बनाउनेछ ।
जी७ मुलुकको ढुवानी प्रणाली प्रयोग नगर्ने मुलुकहरुले रुसी तेल ६० अमेरिकी डलर भन्दा बढीमा किन्न सक्नेछन् ।
'हामीसँग स्पष्ट संकेतहरू छन् कि धेरै उदीयमान अर्थतन्त्रहरू, विशेष गरी एशियामा, क्यापको सिद्धान्तहरू पालना गर्नेछन्,' एक युरोपेली अधिकारीले एएफपी समाचार एजेन्सीसँग बोल्दै भनेका छन् ।
तर, विश्वको दोस्रो ठूलो तेल निर्यातक रूसले आइतवार उसले क्याप स्वीकार नगर्ने भन्दै यी मुलुकहरुको अधीनमा रहेर तेल नबेच्ने भनेको छ ।
उपप्रधानमन्त्री अलेक्ज्याण्डर नोभाकले पश्चिमाको यो कदम स्वतन्त्र व्यापारको नियमविपरीत हुने घोर हस्तक्षेप भएको र यसकारण आपूर्तिको अभावले विश्वव्यापी ऊर्जा बजारलाई अस्थिर बनाउने बताएका छन् ।
'हामीले मूल्य क्याप उपकरणको प्रयोगलाई निषेध गर्ने संयन्त्रमा काम गरिरहेका छौं, जुनसुकै स्तर सेट गरिएको छ, किनभने त्यस्ता हस्तक्षेपले बजारलाई थप अस्थिर बनाउन सक्छ,' उनले भनेका छन् ।
सोभियत भूवैज्ञानिकहरूले दोस्रो विश्वयुद्ध पछिका दशकहरूमा साइबेरियाको दलदलमा तेल र ग्यास फेला पारेपछि युरोपमा तेल र ग्यास बेच्नु रूसी विदेशी मुद्रा कमाईको मुख्य स्रोतहरू मध्ये एक हो।
तर, छोटो समयमै ईयु र जी७का पूर्वाधारहरु छोडेर आफ्नै ढुवानी श्रृखला बनाइसक्नु रुसका लागि चुनौतीको बिषय समेत रहनेछ ।