अमेरिकी गुप्तचर भन्छन्- जाडो महिनामा लडाइँ सुस्त हुनेछ
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १८ आइतबार
701
Shares
काठमाडौं । अमेरिकी गुप्तचर एजेन्सीले युक्रेनमा लडाइँ सुस्त भइरहेको र यो आगामी जाडो महिनाहरूमा जारी रहने सम्भावना रहेको बताएको छ । लडाइँ सुस्त भए पनि युक्रेनी सेनाको तर्फबाट प्रतिरोध कमजोर भएको कुनै प्रमाण नभेटिएको अमेरिकी गुप्तचर निर्देशक एभरिल हेन्सले बताएकी छन् ।
उनले दुवै पक्षले मार्चदेखि जुनसम्मको अवधिमा फेरि आपूर्ति भर्न थाल्ने बताएका छन् । रुसले युक्रेनको महत्त्वपूर्ण ऊर्जा पूर्वाधारमा आक्रमण गरेपछिको अवस्थामा अमेरिकी गुप्तचरले यस्तो जानकारी दिएको हो ।
युक्रेन युद्ध अहिले नवौँ महिनामा पुगेको छ, तर रुसले कब्जा गरेको आधाभन्दा बढी भूभाग गुमाएको छ।
हेन्सले क्यालिफोर्नियामा एक प्रतिरक्षा फोरमसँग बोल्दै अधिकांश लडाई पूर्वी युक्रेनको बाख्मुट र डोनेस्क क्षेत्र वरपर भइरहेको बताएकी छन् ।
उनले गत महिना रुसले खेरसन क्षेत्रको पश्चिमबाट सेना फिर्ता गरेपछि लडाइँ सुस्त भएको बताएकी छन् ।
'हामीले पहिले नै द्वन्द्वमा एक प्रकारको सुस्तता देखिरहेका छौँ र हामी आशा गर्छौं कि हामी आउने महिनाहरूमा पनि यस्तै देख्ने सम्भावना छ,' उनले भनिन्।
उनले युक्रेन र रुसी सेना दुवै जाडो पछि फेरि प्रतिआक्रमणको लागि तयारी गर्न खोज्ने बताइन्।
'तर रुसीहरू वास्तवमा त्यसो गर्न तयार छन् कि छैनन् भन्नेमा हामीसँग पर्याप्त मात्रामा शङ्का छ,' उनले भनिन्, 'म त्यो समय सीमामा युक्रेनीहरूका लागि बढी आशावादी रूपमा सोच्दछु,' उनले भनिन् ।