युक्रेनको प्रमुख सहर खेरसनबाट रुसले आफ्नो सेना फिर्ता लग्यो
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २४ बिहिबार
1.8k
Shares
काठमाडौं । गत फेब्रुअरीमा युक्रेनमाथि आक्रमण गरेपछि कब्जा गरेको एक मात्र क्षेत्रीय राजधानी खेरसनबाट आफ्नो सेनालाई रुसले फिर्ता हुन आदेश दिएको छ ।
युक्रेनमा रहेका रुसी कमाण्डर जनरल सर्गेई सुरोभिकिनले शहरमा आपूर्ति जारी राख्न अब सम्भव नभएको बताएका छन्।
यससँगै अब, रुसी सेनाहरू डिनिप्रो नदीको पश्चिमी किनारबाट पूर्ण रूपमा फिर्ता हुनेछन्।
रुसले युक्रेनी प्रतिआक्रमणको सामना गर्नुपर्दा यो एउटा महत्त्वपूर्ण झट्का हो।
सेनाको शीर्ष अधिकारीले रुसी राज्य टिभीमा यो निर्णयको घोषणा गरेका हुन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भने यो कार्यक्रममा भाग लिएका थिएनन्।
युक्रेनमा रुसको असफल युद्धको वास्तुकारले आफ्ना सेनापतिहरूलाई नै घोषणा गर्न भनेको देखिएको छ। यसअघि पुटिनले सेप्टेम्बरको अन्त्यमा खेरसन र अन्य तीन क्षेत्रलाई रुसमा गाभेको घोषणा गरेका थिए।