arrow

अर्थमन्त्री शर्माले दिए उम्मेदवारी 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २३ आइतबार
janardan-sharma-election-2079.jpg

मुसिकोट । नेकपा माओवादी केन्द्रका नेता एवं अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् । आज दिउँसो खलङ्गामा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले एकमात्र निर्वाचन क्षेत्र रहेको रुकुम पश्चिमबाट प्रतिनिधि सभाका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।  

विसं २०६४ देखि रुकुमबाट चुनाव लड्दै आएका शर्माले यो पटक पनि रुकुम पश्चिमबाटै उम्मेदवारी दिएका हुन् । त्यस्तै प्रदेशसभा क्षेत्र नं ‘क’ बाट महेन्द्र केसी र प्रदेशसभा क्षेत्र नं ‘ख’ बाट राजकुमार शर्माले उम्मेदवारी दिएका छन् । 

अन्य राजनीतिक दलहरुले पनि उम्मेवारी दिँदै छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ