arrow

जनार्दनको आरोप- कांग्रेस, एमाले र माओवादी छवि बचाउन असफल, मुलुक चरम भ्रष्टाचारमा [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ७ आइतबार
janardan-sharma-08-07.jpg

काठमाडौँ। नवगठित प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले आइतबार काठमाडौँमा आयोजित राष्ट्रिय एकता घोषणा सभालाई सम्बोधन गर्दै कांग्रेस, एमाले र माओवादी केन्द्रले आफ्नो क्रान्तिकारी छवि बचाउन नसकेकै कारण मुलुक चरम भ्रष्टाचार र परिणामविहीन अवस्थामा पुगेको गम्भीर आरोप लगाएका छन्।

उनले यी तीन प्रमुख पार्टीहरू लामो समय सत्तासीन भएपनि सामाजिक विभेद, प्रशासनिक सुधार र विकासका आधारभूत मुद्दाहरूलाई पर्याप्त प्राथमिकता दिन नसक्दा मुलुक असफल बन्न पुगेको बताए। प्रमुख राजनीतिक दलहरूले सुशासन र संरचनागत सुधारमा अपेक्षित परिणाम दिन नसकेको टिप्पणी गर्दै शर्माले मुलुकको विकासका लागि नीतिगत र प्रणालीगत पुनःसंरचना गर्नुको सट्टा मौजुदा संरचनाको दुरुपयोग गर्दै मुलुकलाई थप बर्बादीतर्फ धकेलेको आरोप लगाए।

शर्माले भने, “कांग्रेस, एमाले र माओवादी आआफ्नो समयका नागरिकको प्रतिनिधित्व गर्ने परिवर्तनकारी पार्टी नै थिए र हुन्। परन्तु इतिहासमा योगदान गरेका दलहरूले राज्यसत्तामा पुगेपछि आफ्नो क्रान्तिकारी छवि बचाउन नसक्दा असफल सिद्ध हुन पुगे। फलतः देश चरम भ्रष्टाचार, विकृति र चरम यथास्थितिमा कारण गति र परिणामविहीन हुन पुग्यो।” उनले यी दलहरू लामो समय सत्ताको वरिपरि रहेपनि सामाजिक उत्पीडन (जातीय, क्षेत्रीय, लैंगिक र वर्गीय विभेद) को सम्बोधन गर्न र देशमा भ्रष्टाचार, नातावाद, कृपावाद र दण्डहीनता नियन्त्रण गर्न असफल भएको दाबी गरे।

उनले पार्टीगत हितलाई भन्दा दीर्घकालीन संस्थागत सुधार, पारदर्शिता र उत्तरदायित्वमा ध्यान दिन सबै राजनीतिक शक्तिहरू जिम्मेवार हुनुपर्ने आवश्यकता समेत औंल्याए। शर्माले आम नागरिकले प्राप्त गर्न नसकेका अधिकारहरूको सुनिश्चितता गर्न आफ्नो पार्टी प्रतिवद्ध रहेको पनि बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ