arrow

प्रतिपक्षमा भएका बेलाको बोली

भ्रष्टाचारीको सम्पत्ति छानबिन गरी राष्ट्रियकरण गरौँ- जनार्दन शर्मा [भिडियो]

संवैधानिक आयोगहरुले गर्ने काम कारबाही पारदर्शी हुनपर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ४ सोमबार
janardan-sharma-12-0.jpg

काठमाडौँ ।नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले मुलुकमा सुशासन स्थापित गर्न सामाजिक र सांस्कृति अभियान सञ्चालन गर्नुपर्ने बताएका छन् ।सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक –२०८१ माथि छलफलमा भाग लिदै उनले  उनले सुशासनको लागि नेतृत्वले जनताको विश्वास जित्नु पर्ने बताए । उनले भ्रष्टाचारमा सम्लग्न भएका राजनीतिक नेतृत्वको सम्पती छानविन गरेर राष्ट्रियकरण गर्नुपर्ने बताए । संवैधानिक आयोगहरुले गर्ने काम कारबाही पारदर्शी हुनेपर्ने उनको भनाइ छ । 

उनले भने, ‘सुशासनयुक्त छैन आजको हाम्रो अभ्यास, कुसाशनतिर नै बढी गएको छ । त्यसकारण सुशासनका लागि पहिला हामीले जनताको विश्वास आर्जन गर्नु जरुरी छ । हाम्रा संवैधानिक आयोगहरुले गर्ने कामहरु जनताका लागि पारिदर्शिता होउन्, जनताले स्वीकार गर्ने होउन् । अहिले भ्रष्टाचारको विषय मुख्य रुपमा उठेको छ र यो राजनीतिक नेतृत्वमाथिनै केन्द्रित छ । त्यसकारण राजनीतिक नेतृत्वको सम्पत्ति छानविन गरेर सकिन्छ भने त्यसको राष्ट्रियकरण गरेर  जनतालाई स्पष्ट गर्न सक्दा त्यागको भावनाबाट राज्य चलाउने संकल्प गर्दा मात्रै गर्न सकिन्छ । हामीले सुशानलाई स्थापित गर्नका लागि सामाजिक र सांस्कृति अभियान चाहिएको छ ।’

उपमहासचिव शर्माले नेतृत्वलाई खबरदारी गर्दै जनताको निर्देशनमा चल्नसक्ने साशन प्रणाली र संस्कारको आवश्यक भएको बताए । कानुनमा भएका दोहोरो अर्थ लाग्ने विषयलाई संशोधन गर्नुपर्ने उनको भनाइ छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ