जनताले आज हामीबाट सुधार मागिरहेका छन् , खोजिरहेका छन्- जनार्दन शर्मा [भिडियो]
सबै दलहरुले आफूलाई सुधार गर्दै परिवर्तनका बाँकी काम पूरा गर्नुपर्छ
हाम्रा कुरा
प्रकाशित २०८१ चैत १६ शनिबार
1k
Shares
काठमाडौँ ।नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले सबै दलहरूले आफूलाई सुधार गर्दै परिवर्तनका बाँकी काम पूरा गर्ने जिम्मेवारी लिनुपर्ने बताएका छन् । उनले निरन्तर सुधारको बाटोबाट मात्रै परिवर्तनको बाँकी काम पूरा हुने दाबी गरे । उनले राजनीतिक दलहरूले पनि आफ्ना व्यवहार सुधार गर्दै अघि बढ्नुपर्ने बताए । उनले जनताले राजनीतिक दलहरूबाट सुधार मागिरहेको भन्दै हरेक क्षेत्रमा सुधार गर्ने प्रतिबद्धता जनाउनुपर्ने बताए । उनले आफ्ना कमजोरीको आत्मालोचनासहित जनताको भावनालाई सम्बोधन गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे ।
उनले भने, ‘परिवर्तनको वाहक नेकपा माओवादी पार्टी र सबै दलहरूले आफूलाई सुधार्दै, सच्याउँदै परिवर्तनको बाँकी काम पूरा गर्ने जिम्मेवारी लिनुपर्छ । निरन्तर सुधारको बाटोबाट मात्रै यो सम्भव छ । जनताले आज हामीबाट सुधार मागिरहेका छन् । सुधार खोजिरहेका छन् । हरेक क्षेत्रमा सुधार गर्ने प्रतिबद्धता र आफ्ना कमजोरीको आत्मालोचना गर्दै जनताको भावनालाई सम्बोधन गर्नुपर्ने आवश्यकता छ । आज हाम्रा विरुद्ध वा परिवर्तनका विरुद्ध, गणतन्त्रका विरुद्ध जस्तो देखिए पनि यी गणतन्त्रका विरोधी छन् जस्तो मलाई लाग्दैन । सीमित सामन्तवादका केही अवशेषहरू मात्रै हुन् ।’ आन्दोलनकारीहरूको माग, भावनालाई सम्बोधन गर्नुपर्ने बताए । संघीय लोकतन्त्र बिथोल्न हिंसा र अराजकता फैल्याउने काम भइरहेको भन्दै त्यसप्रति गम्भीर हुनुपर्ने बताए ।