arrow

कुलमानलाई हटाएर सरकारले ठूलो गल्ती गर्‍यो - जनार्दन शर्मा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत १३ बुधबार
janardan-12-12.jpg

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएर सरकारले ठूलो गल्ती गरेको बताएका छन् । मंगलबारको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले सरकारले गल्ती गरेको कुरा भविष्यमा पश्चताप हुने उल्लेख गरे । 

उनले हटाउनुको कारण काम गर्न नसकेको भन्ने आरोप रहेको भन्दै यो आरोप कसैले नपत्याउने जिकिर गरे । उनले कुलमान हटाउनुको कारणबारे जथाभाबी तर्क नगर्न पनि ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्कालाई चेतावनी दिए । उनले देशको लागि काम गर्ने व्यक्ति हटाउनु दुर्भाग्य भएको बताए । 

उनले भने, ‘सरकारले हिजो नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएछ । केही आरोप छ की भनेर हेरेको काम गर्न सकेन भन्ने आरोप रहेछ । यो कुरा कसैले पत्याउँदैन मन्त्रीज्यू । यस्तो वाइयात तर्क गरेर काम गर्ने मान्छेलाई हटाउनु हाम्रो देशको दुर्भाग्य हो । दुःखद कुरा हो । यसको म विरोध गर्न चाहन्छु । सरकारलाई आग्रह गर्न चाहन्छु, यो निर्णय सच्याओस् । मैले बजारबाट त्यति बेला योग्यतम मान्छेहरु माध्येबाट नियुक्ति गरेको थिएँ, पहिलो कार्यकालमा । पछि मैले केही सहकार्य गरेँ । सरकारले यो ठूलो गल्ती गरेको छ । भोलि पश्चताप हुनेछ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ