प्रचण्डलाई जनार्दनले भनेः शेषनागले काँध फेर्दैमा पृथ्वी हल्लिँदैन [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ८ आइतबार
929
Shares
काठमाडौं। नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' लाई लक्षित गर्दै 'शेषनागले काँध फेर्दैमा पृथ्वी हल्लिँदैन' भन्ने अभिव्यक्ति दिएका छन्। उनले प्रचण्डले आफूले राजनीति छोड्दा सबै गल्र्यामगुर्लम्म हुने अभिव्यक्ति दिएपछि त्यसको खण्डन गर्दै यस्तो बताएका हुन्।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै शर्माले शेषनागले पृथ्वी बोक्ने कुरा दन्ते कथा भइसकेको र शेषनाग हल्लिँदा भूकम्प आउँछ भन्ने नसोच्न चेतावनी दिए। उनले भने, "आज विज्ञानले पृथ्वी किन हल्लिन्छ भन्दै अर्को पुष्टि गरिसक्यो।"
शर्माले कसैले राजनीति छोड्दैमा पृथ्वी नढल्ने भन्दै आफ्नो टिप्पणीलाई थप स्पष्ट पारे।