जनार्दनमाथि छानबिन गर्न गठित संसदीय समितिले शुक्रबार प्रतिवेदन बुझाउने, ‘क्लिन चिट’ दिने तयारी
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ११ बुधबार
2k
Shares
काठमाडौं । बजेट निर्माणका क्रममा करको दर हेरफेरमा अनधिकृत व्यक्तिलाई संलग्न गराएको आरोपमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गरिरहेको संसदीय समितिले शुक्रबार प्रतिवेदन बुझाउने तयारी गरेको छ ।
बुधबार सिंहदरबारमा बसेको समिति बैठकले प्रतिवेदन लेखनका बारेमा छलफल गरेको र बिहीबार प्रतिवेदनलाई अन्तिम रूप दिएर शुक्रबार बुझाउने तयारी गरेको समितिका सचिव सुरेन्द्र अर्यालले बताए ।
उनले प्रतिबेदनमा समान धारणा आउने दाबी गरे । तर छलफलका क्रममा आएका फरक मतमासमेत सहमति खोजिने उनको भनाइ छ ।
स्रोतका अनुसार नेकपा माओवादी केन्द्रबाट मन्त्री बनेका शर्मालाई ‘क्लिन चिट’ दिने तयारी भएको छ । यसमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेकोसमेत स्वार्थ जोडिएको बताइन्छ ।
बाहिर विरोध गर्ने तर भित्र साँठगाठँ भइरहेको स्रोत बताउँछ ।