युक्रेनलाई सहयोग गर्ने देशमाथि रुसले खन्यायो ह्याकर
हाम्रा कुरा
प्रकाशित २०७९ असार ९ बिहिबार
1.3k
Shares
काठमाडौं । युद्धमा रहेको रुसले युक्रेनलाई सहयोग गर्ने देशमाथि ह्याकरको निसाना बनाएको खुलेको छ ।
बुधबार माइक्रोसफ्टले एक प्रतिवेदनमा युक्रेनसँग युद्ध सुरु भएदेखि नै रुसले युक्रेन र उसका सहयोगीहरू विरुद्ध ह्याकिङको प्रयासलाई तीव्र पारेको दाबी गरेको छ ।
रुसले अमेरिका र यसको सरकारी कम्प्युटर नेटवर्कलाई पनि निशाना बनाएको छ । माइक्रोसफ्टका अनुसार रुसले कथित ह्याकिङमार्फत ४२ देशबाट गुप्तचर जानकारी सङ्कलन गरेको छ ।
रिपोर्टमा भनिएको छ रुस ह्याकिङका २९ प्रतिशत प्रयासमा सफल भएको थियो र ती प्रयासमा ७.२५ प्रतिशत पटक डाटा चोरी गर्न सफल भएको थियो ।