युक्रेन सङ्कटले पूर्वी अफ्रिकी क्षेत्रमा खाद्य संकट पर्नसक्ने
सिन्ह्वा,
प्रकाशित २०७९ असार २ बिहिबार
386
Shares
आदिस अबाबा । हालैका दिनहरुमा युक्रेनमा जारी रहेको सङ्कटका कारण विशेष गरी पूर्वी अफ्रिकी क्षेत्रमा खाद्यान्न सङ्कट पर्न सक्ने संयुक्त राष्टसङ्घले जनाएको छ ।
संयुक्त राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रमले मङ्गलबार सो चेतावनी दिएको समाचारमा जनाइएको छ । संयुक्त राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रमले युक्रेनमा जारी रहेको सङ्कटका कारण यहाँ खाद्यान्न आपूर्तिमा अवरोध पुग्ने गरेको छ ।
खाद्यान्न आपूर्तिमा भएको असहजता, बजारको अनिश्चितता र अत्यावश्यक बस्तुहरुको आपूर्तिमा समेत अवरोध पुग्दा यस्तो अवस्था आउने सो कार्यक्रमले जनाएको समाचारमा उल्लेख गरिएको छ ।
महिनौ यतादेखि युक्रेन हुँदै यहाँ आपूर्ति हुने गरेको खाद्यान्नमा कमी आइसकेको, सङ्कटका लागि खाद्यान्न भण्डारण गर्ने अवस्था पनि नरहेको सो कार्यक्रमले मङ्गलबार जनाएको छ ।
संयुक्त राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रमले गरेको एक अध्ययनमा अत्यावश्यक सामग्री तथा खाद्यान्न आपूर्तिका लागि मानवीय सहायतासम्बन्धी कोरिडोर सञ्चालन हुन नसकेको भन्दै यसले आगामी केही दिनमै यहाँ खाद्यान्न अभाव हुन जाने संयुक्त राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रमले जनाएको छ ।