नाटो सेनाले युक्रेनी भूमिको प्रयोग रोके युद्ध रोकिन्छ : रुस
एजेन्सी,
प्रकाशित २०७९ वैशाख ८ बिहिबार
807
Shares
फाइल तस्बिर
किभ। अमेरिकी नेतृत्वको नाटो सेनाले रुसलाई धम्क्याउन युक्रेनी भूमिको प्रयोग रोके मस्कोले युक्रेनमाथिको सैन्य कारबाही रोक्ने एक वरिष्ठ रुसी अधिकारीले बताएका छन्। रुसी विदेश मन्त्रालयका वरिष्ठ अधिकारी अलेक्सी पोलिसचुकले रुसी सञ्चार माध्यम ताससँगको कुराकानीमा सो विचार व्यक्त गरेका हुन्।
‘आफ्ना कार्यहरू पूरा भएपछि विशेष सैन्य कारबाही समाप्त हुनेछ। दोनबासको जनसङ्ख्याको संरक्षण, युक्रेनको निःशस्त्रीकरण र नाटो देशहरूले कब्जा गरेको युक्रेनी भूभागबाट रुसलाई आउने खतराको अन्त्य ती कार्य हुन् ’, उनले भने।
नाटोले युक्रेनी भूभागबाट रुसलाई कसरी धम्क्याएको छ भन्ने बारेमा उनले कुनै विवरण दिएनन्। युक्रेनमाथिको कारबाही योजनबद्ध ढङ्गले अगाडि बढेको र ‘उसले आफ्ना सम्पूर्ण योजना पूरा गर्ने’ उनले बताए।