रुस संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्बाट निलम्बित, मतदानमा नेपाल अनुपस्थित
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २४ बिहिबार
1.3k
Shares
फाइल तस्बिर
काठमाडौँ। रुस संयुक्त राष्ट्र सङ्घीय मानवअधिकार परिषद्बाट निलम्बित भएको छ। संयुक्त राष्ट्र सङ्घको यो फैसला युक्रेनी सहर बूचामा भएको मानवअधिकार उल्लङ्घनलाई लिएर भएको बीबीसीले जनाएको छ।
संयुक्त राष्ट्रसङ्घमा रुसलाई यूएनएचसीआरबाट निलम्बित गर्ने प्रस्तावमाथि भएको मतदानमा ९३ देशले समर्थनमा र २४ देशले विपक्षमा मतदान गरेका थिए। भोटिङ प्रक्रियामा ५८ देश अनुपस्थित रहेका थिए। नेपाल पनि मतदानमा अनुपस्थित भएको थियो।
चीनले प्रस्तावको विपक्षमा मतदान गरेको थियो भने भारत पनि मतदानमा अनुपस्थित भएको थियो।
URGENT🚨
The UN General Assembly votes to suspend Russia's membership in the UN Human Rights Council @UN_HRC