arrow

रुस-युक्रेन युद्ध : पाँच देशले रुसलाई दबाब बढाउने

logo
लण्डन,
प्रकाशित २०७८ चैत ८ मंगलबार
putin-vlodomie-russia-ukraine-war.PNG

एएनआई । अन्तर्राष्ट्रिय जगतमा प्रभावशाली पाँच देशले युक्रेन माथिको आक्रमण रोक्न रुसलाई दबाब दिने भएका छन् । बेलायती सरकारद्वारा जारी वक्तव्यका अनुसार बेलायत, अमेरिका, फ्रान्स, जर्मनी र इटलीले रुसलाई आक्रमण रोक्न दबाब बढाउने निर्णय गरेका हुन ।

युक्रेन सङ्कट समाधानका लागि गर्न सकिने प्रयासका बारेमा छलफल गर्न बेलायतले बैठकको संयोजन गरेको जनाइएको छ । बैठकमा सहभागी नेताहरूले युक्रेन सङ्कटप्रति चिन्ता व्यक्त गर्दै रुस विरुद्ध अव चर्को दबाब दिनु पर्ने निष्कर्ष निकालेको बेलायती प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।   

उनीहरूले आ आफ्नो देशको तर्फबाट कूटनीतिक पहल पनि गर्ने र संयुक्त प्रयास पनि गर्ने सहमति भएको वक्तव्यमा उल्लेख गरिएको छ । रुसले गत फेब्रुअरी २४ देखि युक्रेनमा आक्रमण सुरु गरेपछि समस्या समाधानका लागि पटक पटक वार्ता भए पनि ठोस उपलब्धि हुन सकेको छैन । 

त्यसैगरी विश्वका अधिकांश देशले युक्रेनमाथि रुसले अन्याय गरेको भन्दै आक्रमण नगर्न रुसलाई आग्रह गर्दै आएका थिए । तर पनि आक्रमण अहिलेसम्म जारी छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ