युक्रेनी आवासीय भवनमा आक्रमण गर्दै रुस, युद्ध समाप्त गर्न कूटनीतिक प्रयास जारी
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ३० सोमबार
358
Shares
काठमाडौं । सोमबार बिहान उत्तर-पश्चिम कीभमा रहेको एक आवासीय भवनमा रुसी सेनाले आक्रमण गर्दा दुई जनाको मृत्यु भएको छ । यसबाहेक थप तीन जना घाइते भएका छन् ।
नौ तले आवासीय भवनमा रुसी सेनाले गोला प्रहार गरेपछि दुई जनाको शव फेला परेको थियो । उक्त भवनबाट थप १५ जनाको उद्धार गरिएको र ६३ जनाको बिहान नै उद्धार गरिएको बताइएको छ ।
युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले सोमबार द्वन्द्व समाप्त गर्न पश्चिमा राष्ट्रहरूलाई युक्रेनलाई हतियार आपूर्ति गर्न र रुसमाथि थप प्रतिबन्ध लगाउन आग्रह गरेका छन्।
बेलायती स्वास्थ्य मन्त्री साजिद जाविदले शरणार्थीहरूका लागि युक्रेन परिवार योजना मङ्गलवारदेखि 'सजिलो र थप सीधा' बनाइएको बताएका छन्।
उता, चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले युक्रेनमा आफ्नो अभियानका लागि रुसले बेइजिङसँग सैन्य उपकरण मागेको अमेरिकी अधिकारीहरूको भनाइलाई अमेरिकाबाट “विकृत सूचना” भएको बताएका छन्।
बेइजिङमा चिनियाँ विदेश मन्त्रालयको नियमित ब्रीफिङमा उक्त टिप्पणी आएको रोयटर्सले जनाएको छ।
यस्तै रुस र युक्रेनबीचको युद्ध समाप्त गर्न कूटनीतिक प्रयास स्वरूप दुवै देशका अधिकारीहरुबीच आज सोमबार पनि वार्ता जारी रहने बताइएको छ ।