विशेष सम्बन्धका कारण सुप्रसिद्ध अभिनेताले गरे युक्रेनलाई सहयोग
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २४ मंगलबार
1.5k
Shares
काठमाडौं । रुस र युक्रेनबीचको युद्ध अन्त्य हुने नाम लिइरहेको छैन । रुसी सेनाले लगातार युक्रेनका विभिन्न सहरलाई निशाना बनाएको छ । युद्ध विरामलाई लिएर दुई देशबीच भएको वार्ताले कुनै नतिजा निस्कन सकेको छैन ।
यसैबीच ओस्कार विजेता अभिनेता लियोनार्डो डिक्याप्रियो युक्रेनलाई सहयोग गर्न अगाडि बढेका छन् । डिक्याप्रियोले युक्रेनलाई आर्थिक सहयोग गरेका छन् । तर, यो सहयोगको पछाडि एउटा ठुलो कारण बताइन्छ, जुन अहिलेसम्म उनका फ्यानलाई थाहा थिएन ।
लियोनार्डो डिक्याप्रियोले युक्रेनलाई १० मिलियन डलर अर्थात् करिब १ अर्ब २२ करोड रुपैयाँ बढीको दान गरेका छन् ।
यसको पछाडिको एउटा प्रमुख कारण उनको दिवङ्गत हजुरआमा हो । लियोनार्डोकी हजुरआमा ओडेसा (युक्रेन) की थिइन्। जसको २००८ मा निधन भएको थियो । डिक्याप्रियो आफ्नो हजुरआमासँग धेरै नजिक थिए। यस्तो अवस्थामा अभिनेताको पनि ओडेसा, युक्रेनसँग गहिरो सम्बन्ध छ।
ओडेसा त्यही शहर हो जहाँ रसियाले भयङ्कर मिसाइल प्रहार गरिरहेको छ । जेट लडाकुहरूले शहरमा लगातार बम बारी गरिरहेका छन्।