१३ औं दिनमा पुग्यो युक्रेन आक्रमण, तेस्रो चरणको वार्ता पनि नतिजाविहीन
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २४ मंगलबार
490
Shares
तस्बिर– फाइल
काठमाडौं । रुसले युक्रेनमाथि आक्रमण गरेको आज १३ दिन भइसकेको छ । युद्ध रोक्ने बारेमा भएको दुई देशबीचको तेस्रो वार्तासमेत नतिजाविहीन भएको छ ।
बेलारुसमा सोमबार राति भएको वार्तामा युद्धबीच मानिसहरुलाई बाहिर निकाल्नका लागि युक्रेनमा ह्युमन करिडोर बनाउनेबारेमा सहमति नबनेको बताइएको छ ।
यता युक्रेनले रुसी मेजर जनरल विटैली गेरासिमोवलाई मारेको दाबी गरेको छ । किभ इन्डिपेन्डेन्टले युक्रेनी रक्षा मन्त्रालयका इन्टेलिजेन्स प्रमुखलाई उधृत गर्दै यो सूचना बाहिर ल्याएको हो ।
सूचनाअनुसार खार्किब नजिकै युक्रेनी र रुसी सेनाबीचको भिडन्तमा गेरासिमोव मारिएका हुन् । उक्त क्षेत्रमा सोमबार १३ जनाको ज्यान गएको छ ।
रुसी आक्रमणबीच युक्रेनबाट बालबालिकादेखि वृद्धवृद्धासम्मले देश छाडिरहेका छन् ।