पे-पलले रुसमा सेवा रोक्यो, सामसङले कुनै पनि सामान नपठाउने
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २२ आइतबार
542
Shares
काठमाडौं। विभिन्न देशमा भुक्तानी प्रणाली सेवा दिँदै आएको अमेरिकी बहुराष्ट्रिय वित्तीय प्रविधि कम्पनी पे-पलले रुसमा आफ्नो सेवा बन्द गरेको छ ।
युक्रेनका उपप्रधानमन्त्री मिखाइलो फेदोरोभले पे-पलका सीईओ ड्यान शुल्म्यानले यसबारे जानकारी गराएको भन्दै ट्विट गरेका छन् ।
We received a letter from @Dan_Schulman, CEO PayPal. So now it’s official: PayPal shuts down its services in Russia citing Ukraine aggression. Thank you @PayPal for your supporting! Hope that soon you will open it in for 🇺🇦 pic.twitter.com/RaJxEMSLQe
'वर्तमान परिस्थितिमा, हामी रसियामा पे-पलसेवाहरू निलम्बन गर्दैछौं,' शुल्मानले उक्त पत्रमा भनेका छन् । 'हामीले यो गहिरो कठिन समयमा यस क्षेत्रका हाम्रा कर्मचारीहरूलाई सहयोग गर्न सक्दो प्रयास गरिरहेका छौं।'
रुसले युक्रेनमाथिको आक्रमण गरेसँगै रुसमाथि विश्वभरबाट प्रतिबन्धहरु थुपारिँदै गएका छन् । यस्तै सामसुङले समेत रुसमा आफ्ना कुनै पनि उत्पादन नपठाउने निर्णय गरेको छ ।
कम्पनीले शुक्रबार यो जानकारी गराउँदै भनेको छ, 'हालको भूराजनीतिक घटनाक्रमका कारण, रुसमा ढुवानी निलम्बित गरिएको छ।'
मोबाइल मात्रै नभएर सामसुङले चिपदेखि स्मार्टफोन र उपभोक्ता इलेक्ट्रोनिक्स सम्मका कुनै पनि सामान रुसमा नपठाउने भएको हो ।