सबै भारतीय नागरिकले युक्रेनको राजधानी छोडिसके- हर्षवर्धन
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १८ बुधबार
513
Shares
काठमाडौं। भारतीय विदेशमन्त्री हर्षवर्धन श्रृङ्लाले आफ्नो देशका सबै नागरिकले युक्रेनको राजधानी किभ छोडिसकेको बताएका छन् ।
यस्तै उनले युक्रेनमा रहेका ६० प्रतिशत भारतीय त्यहाँबाट बाहिर निश्किसकेको समेत बताएका छन् । बाँकी ४० प्रतिशत नागरिकहरुले राजधानी छोडेर सीमाक्षेत्रबाट बाहिरिने तयारीमा रहेको उनले बताए ।
मिडिया ब्रिफिङका क्रममा बोल्दै उनले यस्तो जानकारी दिएका हुन् । युक्रेनमा करिब २० हजार भारतीय नागरिक रहेका थिए । यसअघि मंगलबार नै युक्रेनबाट भारतीय नागरिकको उद्वार गर्ने मिसन गंगा अन्तर्गत १८२ नागरिक बोकेको सातौं विमान रोमानियाबाट मुम्बई आइपुगेको थियो ।