युक्रेनमाथि रुसी आक्रमणको छैटौं दिन, किभ फेरि निशानामा
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १७ मंगलबार
347
Shares
तस्बिर– दुई दिनअघि किभको बाल अस्पतालमा जन्मेका जुम्ल्याहा, बाहिर रुसी सेनाको बमबारी जारी, एपी ।
काठमाडौं । युक्रेनमाथि रुसी हमलाको मंगलबार छैटौं दिन भएको छ । यसबीचमा कुटनीतिक पहल पनि जारी रहेको छ । तर रुस राजी देखिएको छैन ।
रुसी बख्तरबंदको लामो कन्भोय फेरि राजधानी किभतर्फ बढेको विभिन्न स्याटलाइट तस्विरहरुले देखाएका छन् । न्यूयोर्क टाइम्सका अनुसार अब मात्र २७ किलोमिटर टाढा रहेको छ रुसी सेना किभदेखि ।
यसअघि दोस्रो ठूलो शहर खार्किभमा भएको रुसी हमलामा दर्जनौं सर्वसाधारण मारिएका विवरणहरु सार्वजनिक भएका थिए ।
राजधानीमा खतराको जनाउ दिने साइरन बजेका छन् भने सवसाधारण नागरिकलाई सरकारले घरभित्रै बस्न अनुरोध गरेको छ । अपराधसम्बन्धी अन्तर्राष्ट्रिय अदालतका अभियोजनकर्ताले सम्भावित युद्ध अपराधबारे रुसमाथि आफूले छानविन गर्न चाहेको बताएका छन् ।
अहिलेसम्म आक्रमणमा परी १६ बालबालिकासहित ३५२ जनाको ज्यान गइसकेको छ ।