रुसी आक्रमणको चिन्ताकाबीच युक्रेनस्थित दूतावास बन्द गर्ने तयारीमा अमेरिका
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १ आइतबार
431
Shares
काठमाडौं । रुसले युक्रेनमाथि आक्रमण गर्ने तयारी गरेका बेला अमेरिकाले त्यहाँ स्थित आफ्नो दूतावास बन्द गर्ने किसिमको सङ्केत गरेको छ । अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले युक्रेनमा रुसी सैन्य कारबाहीको जोखिमका बेला कीभमा रहेको अमेरिकी दूतावासका सबैजासे कर्मचारीलाई फिर्ता ल्याउने औचित्य देखिएको बताएका हुन् ।
यद्यपि, उनले यो सङ्कट समाधानका लागि कूटनीतिक मार्गबाट अझै सम्भावना रहेको बताएका छन् । ब्लिन्केनले भनेका छन्, कूटनीतिक बाटो खुला छ। मस्कोले कुन बाटो पछ्याउन चाहन्छ भनेर देखाउन सरल छ। यो सङ्कट झनै बढ्नुको सट्टा समाधान हुनुपर्छ ।
शनिवार रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भएको एक घण्टाको फोन वार्तासमेत बिना कुनै निष्कर्ष टुङ्गिएको छ ।
यसैबीच, अस्ट्रेलिया सरकारले रुसी आक्रमणको आशङ्कामा आइतबार आफ्नो कीभ स्थित दूतावासमा अस्थायी रूपमा बन्द गरेको छ ।