आफ्ना कुरा राखेर अरुको कुरा सुन्ने लोकतन्त्रको उच्चतम अभ्यास : सभामुख
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ७ बुधबार
963
Shares
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले जनताका आवाज मुखरित गर्ने जनताको सर्बोच्च जनप्रतिनिधि सभा अबरुद्ध हुँदा जनतामा एक प्रकारको निराशाको भाव पैदा हुने खतरा पैदा भएको बताएका छन् ।
उनले भने,‘आफ्ना मतभेदहरु,आफ्ना भनाइहरु राखेर बैठकलाई सूचारु रुपमा सञ्चालन गर्ने वातावरण बनाएर आफ्ना कुरा पनि राख्ने अरुको पनि कुरा सुन्ने लोकतन्त्रको उच्चतम अभ्यास हो ।’
त्यस्तै सापकोटाले प्रतिनिधि सभाको अर्को बैठक पुस १८ गतेसम्मका लागि स्थगित गरेका छन् । अर्को बैठक पुस १८ गते दिउँको १ बजे बस्ने गरी स्थगित गरेका हुन् । मंगलबार र बुधबार एमाले सांसदहरुले निरन्तर संसद अवरोध गरेका थिए ।