arrow

अर्थमन्त्रीको रोजाइ पश्चिम रुकुमका कर्मचारी मात्रै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ९ शनिबार
janardan-sharmas.JPG
फाइल तस्बिर

काठमाडौँ। अर्थमन्त्री जनार्दन शर्माले देशको अर्थतन्त्रमा कति सुधार गरे, त्यो विज्ञहरूलाई थाहा होला तर उनले आफ्नो मन्त्रालयमा भने बढीभन्दा बढी पश्चिम रुकुम घर भएका कर्मचारी थोपरेका छन्। शर्माले आफ्नो सचिवालयमा मात्र होइन, सकेसम्म अर्थ मन्त्रालय मातहतका महत्त्वपूर्ण शाखामा रुकुम (पश्चिम)का कर्मचारी भरेका छन्।

अर्थ मन्त्रालयको कर्मचारी प्रशासनका महाशाखाको उपसचिव अर्जुन भण्डारी हुन्। उनी पश्चिम रुकुम सल्लेका हुन्। यसअघि प्रमुख जिल्ला अधिकारी भएका  भण्डारी जनार्दन शर्मा अर्थमन्त्री भए पछि सोझै अर्थमा ल्याइए। त्यसमा पनि उनलाई कर्मचारी प्रशासन हेर्ने जिम्मेवारी दिइयो। शर्मा अर्थमा आउने बित्तिकै उनले वित्तीय क्षेत्र तथा संस्थान समन्वय महाशाखाको जिम्मेवारी सम्हाल्दै आएका सहसचिव दीर्घ राज मैनालीलाई सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रमा सरुवा गरे र खाली भएको ठाउँमा उनले पश्चिम रुकुमका रमेश केसीलाई ल्याए। केसी सहसचिव हुन्।

पश्चिम रुकुम घर भएका तिलक खड्का हाल अर्थ मन्त्रालय मातहतको आन्तरिक राजस्व कार्यालय कोटेश्वरमा कार्यरत छन्। शर्मा अर्थमन्त्रीमा नियुक्त हुने बित्तिकै उनले आफ्नो भान्जी ज्वाइँ भिमकान्त न्यौपानेलाई एसियाली विकास बैङ्कको प्रतिनिधित्वको रूपमा पठाए।

केपी ओली नेतृत्व सरकारमा प्रधानमन्त्री कार्यालयमा कार्यरत कृष्ण केसीलाई शर्माले अर्थमा बोलाए। कृष्ण केसीको भाइ दिलीप केसी पनि अर्थमा कार्यरत छन्। यी दुवै दाजुभाइ पश्चिम रुकुमका हुन्। दिलीप अहिले अर्थ मातहतको वीरगन्ज भन्सारमा छन्। वीरगन्ज भन्सार आकर्षक कार्यालय मानिन्छ। दाजु शाखा अधिकृत छन् भने भाइ उपसचिव छन्।

कृष्ण केसी भने शर्माको निजी सचिवालयमा कार्यरत छन्। निजी सचिवालयमा कार्यरत शुर्वणप्रभा केसी पनि पश्चिम रुकुमकै हुन। त्यसो त, दिलीप केसीकी श्रीमती इश्वरा केसी पनि अर्थमै कार्यरत छिन्।

शर्माले अर्थ मन्त्रालय र मन्त्रालय मातहतका आकर्षक कार्यालयमा सरुवा गर्दा सकेसम्म पश्चिम रुकुम घर भएका हेर्छन, त्यो नभए माओवादी केन्द्रसँग समर्थित छ कि छैन भनी गर्छन्’अर्थ मन्त्रालयका एक शाखा अधिकृतले गुनासो पोखे।

तत्कालीन गृहमन्त्री रामबहादुर थापाको पालामा पेलिएका माओवादी निकट एक कर्मचारीलाई शर्माले अर्थमा तानेका छन्। तत्कालीन उद्योग मन्त्री मात्रिक यादवको निजी सचिवालयमा बसेका नवराज ढुङ्गानालाई तत्कालीन ओली सरकारले वनबाट गृहमा सरुवा गर्‍यो। तर त्यस बेलासम्म तत्कालीन गृहमन्त्री थापाले कित्ता परिवर्तन गरिसकेको थिए। उनी माओवादी केन्द्रबाट एमालेमा गइसकेका थिए।

त्यसैले उनले मात्रिक यादवको सचिवालयमा बसेका ढुङ्गानालाई गृहमा ल्याउन चाहेनन्। सङ्घीयले सरुवा गरिसके पनि थापाले ढुङ्गानालाई गृहमा हाजिरी गर्न दिएनन्। त्यसपछि ढुगाँनालाई सङ्घीयले आफ्नो मन्त्रालयमा हाजिरी गर्न लगायो। केही समय सङ्घीयमा हाजिरी गरे पछि उच्च कर्मचारीहरू सकेसम्म जान नचाहने कार्यालय योजना आयोगमा तत्कालीन ओली सरकारले ढुङ्गानालाई पठायो।

शर्मा अर्थमन्त्री भए पछि भने ढुगाँनालाई न्याय गरे–वनका एक कर्मचारी भन्छन्। सहसचिवमा बढुवा हुनु अघि उपसचिव भएको बेला ढुङ्गाना मात्रिक यादवको सचिवालयमा कार्यरत थिए। उनी माओवादी केन्द्रसँग निकट मानिन्छन्।

शर्मा अर्थमन्त्रीमा नियुक्त भए पछि उनले अर्थ सचिव फेरे। तत्कालीन अर्थ सचिव शिशिर ढुगाँनालाई सरुवा गरी मधु मरासिनिलाई अर्थमा ल्याएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ