डेव व्हाटमोर । तस्विर साभार: नेपाल क्रिकेट सँघ (फेसबुक)
काठमाडौं। नेपाली क्रिकेटका कोच डेव व्हाटमोरले राजीनामा दिएका छन्। नेपालको ओमान भ्रमण नै उनको अन्तिम नेपालसँगको यात्रा हुने नेपाल क्रिकेट सङ्घले जनाएको छ।
व्हाटमोरले व्यक्तिगत कारण भन्दै राजीनामा दिएका हुन्। उनको उक्त व्यक्तिगत कारण के हो भन्ने बताइएको छैन। यही वर्षको सुरुवातमा एक वर्षका लागि भनेर व्हाटमोरले नेपाल क्रिकेट सङ्घसँग सम्झौता गरेका थिए। उनले एक महिनाको अवधि राखेर राजीनामा दिएका हुन्।
उनको नेतृत्वमा नेपाली क्रिकेट टोलीले राम्रो प्रदर्शन गरिरहेको थियो।