arrow

जनादर्न शर्मा अर्थमन्त्री भएपछि कर्मचारीहरूको व्यापक फेरबदल

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ३ बिहिबार
finance-ministry-mof.jpg

काठमाडौं । अर्थ मन्त्रालयको नेतृत्व जनार्दन शर्माले सम्हाले पछि अर्थका उच्च कर्मचारीहरूको व्यापक फेरबदल भएको छ । उनले सुरुमै अर्थ सचिव शिशिरकुमार ढुंगानालाई प्रधानमन्त्री कार्यालयमा पठाएर मधु मरासिनीलाई अर्थ सचिव बनाए । त्यसपछि अर्थ मातहतका उच्च कर्मचारीहरू फेरबदल गर्न सुरु गरे ।

बिहीबार उनले आन्तरिक राजस्व विभाग र भन्सार विभागका  प्रमुख  हेरफेर गरेका छन् ।  आन्तरिक राजस्व विभागको महानिर्देशकमा शोभाकान्त पौडेललाई ल्याएका छन् । पौडेल एक हप्ता अघि मात्र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट अर्थ मन्त्रालय पुगेका थिए। शर्माले भन्सार विभागका महानिर्देशकमा नारायणप्रसाद सापकोटालाई ल्याएका छन् । भन्सार विभागका महानिर्देशक  यामलाल भुसाललाई त्यहाँबाट सुरुवा गरिएको छ। 

यसअघि लगानी बोर्डमा कार्यरत सहसचिव भूपाल बराललाई शर्माले अर्थ मन्त्रालयको बजेट महाशाखामा ल्याएका छन् । केपी ओली नेतृत्व सरकारको पालामा बराल प्रदेश २मा पठाइएका थिए । डेमोक्रयाट भनेर चिनिएका बराल ओली सरकारको पालामा सधैँ कम आकर्षक कार्यालय लखेटिएका थिए । बजेट महाशाखामा बराल जानु अघि सुमन शर्मा कार्यरत थिए । 

स्रोतका अनुसार सरकारले प्रधानमन्त्री कार्यालय मातहतमा रहेका दुई निकाय राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण विभागमा पनि  प्रमुख फेर्ने तयारी गरेको छ । सम्पत्ति शुद्धीकरण विभागमा भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम भट्टराईको नाम चर्चामा छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ