पूर्व प्रधानमन्त्री झलनाथ खनालको मिर्गौला प्रत्यारोपण सफल
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २० बुधबार
1.4k
Shares
तस्बिर: सुनिल दाहाल
काठमाडौँ । पूर्व प्रधानमन्त्री झलनाथ खनालको मिर्गौलाको सफल प्रत्यारोपण भएको छ । केही समयदेखि भारतको नयाँ दिल्ली स्थित एपोलो अस्पतालमा उपचार गराइरहेका पूर्व प्रधानमन्त्री खनालको आज बुधवार मिर्गौलाको सफल प्रत्यारोपण भएको हो ।
खनालको एपोलो अस्पतालका सर्जन डा. सन्दीप गुलरिया नेतृत्वको चिकित्सक टोलीले सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरेको उनको निजी सचिवालयले जनाएको हो ।
दुवै मिर्गौला फेल भएर गम्भीर स्वास्थ्य समस्या देखिएपछि उनी भारतको राजधानी नयाँ दिल्ली गएका थिए । उनको सचिवालयले केही समय अस्पतालमा रही स्वास्थ्य अवस्था सामान्य भएपछि नेपाल फर्कने जनाएको छ ।