arrow

दिल्लीबाट झलनाथको अपिल: 'यो ऐतिहासिक सरकार हो, देउवालाई मत दिनुहोस'

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ३ आइतबार
jhalnatha.JPG

काठमाडौं । नेकपा एमालेका नेता झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन अपिल गरेका छन् ।

भारतको नयाँ दिल्ली स्थित एपोलो अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री समेत रहेका नेता खनालले आफुले पनि देउवा सरकारकै पक्ष रहेको स्पष्ट पारेका छन् ।

उनले एक विज्ञप्ती जारी गर्दै प्रतिनिधि सभालाई असंवैधानिक रुपले गरिएको विघटनलाई बदर गरी फेरि पुनः स्थापित भएका कारण देउवा सरकार ऐतिहासिक सरकार रहेको समेत बताएका छन् ।

नेता खनालले विज्ञप्तीमा भनेका छन्, 'म नेकपा(एमाले)का संसदीय दलका सम्पूर्ण माननीय सदस्यहरुलाई कुनै पनि प्रकारको अलमल र आक्रोसबाट प्रभावित नभइकन देउवा सरकारलाई विश्वासको मत दिन हार्दिक आग्रह गर्दछु ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ