arrow

‘पूरै युक्रेन हत्याउन चाहन्छन् पुटिन’

logo
एजेन्सी
प्रकाशित २०७५ मंसिर १३ बिहिबार
putin4.jpg

काठमाडौं । युक्रेनका राष्ट्रपति पेट्रो पोरोसेन्कोले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूरै युक्रेनमा कब्जा जमाउन खोजेको आरोप लगाएका छन् । एक अन्तर्वार्ताको क्रममा उनले यस्तो बताएका हुन् ।

रुसले गत आइतबार क्रिमियानजिकैबाट ३ युक्रेनी जहाजहरु कब्जामा लिएको थियो । सन् २०१४ मा रुसले युक्रेनबाट क्रिमिया खोसेको थियो । रुसले भनेन युक्रेनी जहाजहरु आफ्नो पानीमा अवैधरुपमा प्रवेश गरेको कब्जामा लिइएको बताएको छ । 

युक्रेनले भने रुसले आफ्नो बाटोमा बढिरहेका युक्रेनी जहाजहरुमाथि आक्रमण गरी रुसले कब्जा जमाएको बताउँदै आएको छ । रुसी राष्ट्रपतिले यस मामिलामा युक्रेन दोषी रहेको बताएका थिए । त्यसको उत्तर दिने क्रममा युक्रेनका राष्ट्रपतिले पुटिनले झुट बोलिरहेको आरोप लगाएका हुन् । 

उनले पुटिन क्रिमिया, डोनबास हुँदै सबै युक्रेनमा आफ्नो प्रभुत्व स्थापना गर्ने दिशामा रहेको आरोप लगाए । युक्रेन विना रुसले अन्य स्थानमा आफ्नो प्रभुत्व कायम गर्न नसक्ने भएकोले युक्रेनको भूमिमा आँखा गाडेको  उनले बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ