arrow

रुसी पत्रकारको युक्रेनमा गोली हानी हत्या

logo
हाम्रा कुरा
प्रकाशित २०७५ जेठ १६ बुधबार
russian-journalist.jpg

काठमाडौं । एक रुसी पत्रकारको युक्रेनको किभमा गोली हानी हत्या भएको छ । ४१ वर्षीय पत्रकार आर्कादी बाब्चेन्कोको घरमै गोली हानी हत्या भएको हो । 

रोटी किन्न गएको समयमा पर्खेर बसेका अज्ञात ब्यक्तिले घर फर्कने क्रममा उनलाई गोली हानेको सुरक्षाकर्मीको दाबी छ ।

घटनालगत्तै उपचारका लागि लैजाने क्रममा एम्बुलेन्समै उनको मृत्यु भएको हो ।

रुसको सैनिक बिमान दुर्घटनापछि आफूलाई हत्याको धम्की आउने गरेको आर्कादीले भन्दै आएका थिए । 

उनी पछिल्लो समय युक्रेनको एटीआर टीभीका प्रस्तोताका रुपमा कार्यरत थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ