arrow

साउनको पहिलो सोमबार [भिडियो]

पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको भीड

logo
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ४ सोमबार
shrawan-first.jpg

काठमाडौँ । वैदिक सनातन हिन्दु धर्मावलम्बीहरूका लागि धार्मिक तथा सांस्कृतिक रूपमा विशेष महत्त्व बोकेको साउन महिनाको पहिलो सोमबार आज देशभरका विभिन्न शिवालयहरूमा बिहानैदेखि भक्तजनहरूको उल्लेख्य उपस्थिति रहेको छ। 

विशेषगरी काठमाडौंको पशुपतिनाथ मन्दिरमा दर्शनार्थीहरूको सहजताका लागि बिहानैदेखि मन्दिरका चारै वटा ढोका खुला गरिएको छ।

साउन महिना र विशेष गरी सोमबारलाई भगवान शिवको उपासनाका लागि अति पवित्र समय मानिने भएकाले श्रद्धालुहरूले आज व्रत बसी श्रद्धापूर्वक पूजा–आराधना गरिरहेका छन्। पशुपतिनाथसँगै भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर लगायत मुलुकभरका प्रमुख शिव मन्दिरहरूमा बिहानैदेखि दर्शनार्थीहरूको लामो लाइन लागेको छ।

धार्मिक विश्वासअनुसार साउनको सोमबार व्रत बस्दा र शिवको पूजा गर्दा पारिबारिक सुख, शान्ति तथा मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहिआएको छ। 

यस दिन विशेषगरी महिलाहरू हरियो तथा पहेँलो वस्त्र र साडीमा सजिएर श्रद्धापूर्वक यो पर्व मनाउने गर्दछन्। साउन महिनाभरि नै भगवान शिवको विशेष आराधना गर्ने परम्परा रहे पनि प्रत्येक सोमबारको दिनलाई अझ विशेष रूपमा लिने गरिन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ