arrow

प्रतिनिधि सभाबाट सार्वजनिक खरिद विधेयक पारित

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार १८ बिहिबार
parliament-83-2-12.jpg

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकबाट ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’ पारित भएको छ ।

बैठकमा सोसम्बन्धी भएको दफाबार छलफल, सम्बन्धित मन्त्रीको जवाफ र प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत भएपछि बहुमतबाट विधेयक पारित भएको हो । 

बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सदनमा विधेयकमाथि दफाबार छलफल गरियोस् भनी प्रस्ताव प्र्रस्तुत गरेकी थिइन् । 

अध्यादेशलाई प्रतिस्थापन गर्न उक्त विधेयक सदनमा ल्याइएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ