प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
हाम्रा कुरा
प्रकाशित २०८३ असार १८ बिहिबार
326
Shares
तस्बिर : फाइल
काठमाडौँ । प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक बिहान ११ गते सिंहदरबारमा बस्नेछ ।
बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको कार्यभार थप सम्बन्धी पत्रको बेहोरो बढेर सुनाउने कार्यक्रम छ भने व्यवस्थापनतर्फ विभिन्न १२ ओटा कामहरू कार्यसूचीमा अटाएका छन् ।
जसमा प्रधानमन्त्रीका तर्फबाट कानून मन्त्री सोविता गौतमले सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक २०८३ माथि दफावार छलफल सदनमा गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछिन् ।
त्यस्तै सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३ लाई निर्णयार्थ प्रस्तुत गरिने छ । प्रधानमन्त्रीकै तर्फबकाट कानून मन्त्री गौतमले सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३ लाई पारित गरियोस् भनी प्रस्ताव गर्नेछिन् ।
त्यस्तै अर्थमन्त्री स्वर्णिम वाग्लेले सम्पत्ति शुद्धीकरण निवारण तेस्रो संशोधन विधेयक छलफलका लागि प्रस्ताव गर्ने छन् । यसलाई पनि छलफल गरी पारित गर्ने प्रस्ताव गरिने भएको छ ।
सहकारी विधेयक, स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकसमेत पारित गर्न प्रस्ताव गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।